अमलेखगञ्जमा २३६ केजि गाजासहित मिनि ट्रक र चालक पक्राउ

Date:

पर्सा पोस्ट, असोज ६ गते, बिरगंज। बाराको अमलेखगंज प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत इलाका प्रहरी कार्यालय अमलेखगंजको चेकजाँच टोलीले सोमबार दिउँसो १:३० बजेतिर २३६ केजी गाँजा सहित मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रकलाई अमलेखगंजस्थित चेकपोष्टमा रोकी जाँच गर्दा गाँजा फेला परेको हो।

पक्राउ परेका व्यक्ति मकवानपुर जिल्ला, कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रुम्बा रहेको प्रहरीले जनाएको छ। उनलाई मिनि ट्रकसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अमलेखगंजमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...