एसपि गौतम मिश्रलाई ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सम्मानपूर्वक बिदाई

Date:

पर्सा पोस्ट, असोज ०४ गते, बिरगंज ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भई अन्यत्र जाने भएपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरद्वारा एक विशेष बिदाई कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान सहित पदाधिकारीहरूले एसपी मिश्रलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। वक्ताहरूले मिश्रले आफ्नो कार्यकालमा पर्सामा गरेको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी अवधारणा प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

अध्यक्ष खेतानले एसपी मिश्रको इमानदारिता, कार्यशैली र जनताप्रतिको उत्तरदायित्वप्रतिको प्रतिबद्धता उल्लेख गर्दै भने,“गौतम मिश्रजस्तो इमानदार र जनमित्र प्रहरी प्रमुखले पर्सामा काम गर्दा यहाँको सुरक्षात्मक वातावरण थप मजबुत भएको छ। उहाँको योगदानलाई हामी सदैव सम्झनेछौं र भविष्यको कार्यक्षेत्रमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने हाम्रो शुभकामना छ।”

कार्यक्रममा पत्रकारहरू, स्थानीय नागरिकहरू, समाजसेवीहरू तथा रुङटा वेल्फेयर सोसाइटी वीरगञ्जका अध्यक्ष सुरेश रुङ्गटाको विशेष उपस्थिति रहेको थियो। सहभागी सबैले एसपी मिश्रलाई आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...