पर्सा पोस्ट, भदौ १६ गते, वीरगञ्ज। मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार दिउँसो वारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका–१८ बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर भएकी एक महिलालाई उद्धार गरेको छ।
उद्धार गरिएकी अन्दाजी ४० वर्षीया महिला आफ्नो नाम नाएदा खातुन भने बताउन सके पनि स्थायी ठेगाना प्रस्ट खुलाउन नसकेको आश्रमले जानकारी दिएको छ।
महिला उद्धारपछि आश्रम पुर्याई सरसफाइ तथा नुहाइधुवाइ गरी डा. भरत गोईज्यूको निगरानीमा औषधोपचार सुरु गरिएको आश्रमले जनाएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, स्वयंसेवक सरोज बिक र दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार बब्लु सिंह, वडा अध्यक्ष चतुर बाबु वाग्ले लगायत स्थानीय व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।