तमु ल्होसार मनाउदै गुरुङको नया कार्य समिति गठन

Date:

अजित कुमार भुजेल , बिरगंज ।तमु ल्होसार मनाउँदै गुरुङको नयाँ कार्यसमिति चयन भएको छ ।

मकवानपुरमा रहेका गुरुङहरुले सामुहिक रुपमा तमु ल्होसार बनाउँदै तमु ह्युल छोंज धीं (गुरुङ राष्ट्रिय परिषद) को नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

ह्युई ल्होलाई बिदाई गर्दै मुप्री ल्होको स्वागत गर्दै पाँचौ जिल्ला अधिवेशन मार्फत् आईतबार हेटौंडामा नयाँसमिति गठन गरेको हो ।

केशरबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्वसहमत रुपमा चुनिएको हो ।

समितिको उपाध्यक्षमा रमेश गुरुङ र रुपा गुरुङ, सचिवमा राजु घले, संगठन सचिवमा चन्द्र बहादुर गुरुङ, प्रचार सचिवमा लालबहादुर गुरुङ, कोषाध्यक्षमा पूर्ण बहादुर गुरुङ, सहकोषाध्यक्षमा राधिका गुरुङ तथा सदस्यहरुमा किकबहादुर गुरुङ, गीता गुरुङ र बलबहादुर गुरुङ रहेका छन् ।

अधिवेशनले तमु ह्युल छोंज धींका केन्द्रीय सदस्य जंगबहादुर गुरुङको संयोजकत्वमा तमु ह्युल छोंज धीं मकवानपुरका निवर्तमान अध्यक्ष अमिर गुरुङ र पूर्व जिल्ला उपाध्यक्ष पुष्प गुरुङ रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

उदघाटन कार्यक्रम तमु ह्युल छोंज धींका केन्द्रीय सदस्य जंगबहादुर गुरुङको प्रमुख आतिथ्य तथा तमु ह्युल छोंज धीं मकवानपुरका अध्यक्ष अमिर गुरुङको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, सञ्चारकर्मी सुरेश गुरुङ लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धींका केन्द्रीय सदस्य जंगबहादुर गुरुङको संयोजकत्वमा गोबिन्द बहादुर गुरुङ, मीना गुरुङ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

तमु ह्युल छोंज धींको मकवानपुरको उत्तरी क्षेत्र पालुङ र पश्चिमी क्षेत्र मनहरीमा ईकाई समिति क्रियाशील रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...