हैजा नियन्त्रणमा एकद्वार निति : बिरगंजमा अनियमित किट बिक्रिमा रोक

Date:

पर्सा पोस्ट, भदौ ०९ गते, वीरगंज । बिरगंजमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउन महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा औषधीजन्य सामग्री वितरण र परीक्षणमा एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिनुभएको छ । उहाँले हैजालाई “हौवा” बनाएर व्यापार नगर्न पनि सबैलाई आग्रह गर्नुभयो।

सिंहले निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै सरकारले नै परीक्षण किट निशुल्क उपलब्ध गराउने स्पष्ट पार्नुभयो।

वीरगंजमा आयोजित अन्तरक्रियात्मक छलफलमा सिंहले स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग हैजा नियन्त्रणका सबै काम एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिँदै निजी स्वास्थ्य संस्थाले पनि झाडापखाला जन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनुपर्ने सुझाव दिनुभयो।

यसैगरी, स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको प्रष्ट पार्दै, एकपटक पुष्टि भएपछि समान लक्षण देखिएका बिरामीमा सीधा उपचारमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।
उता, हैजाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउने कार्यक्रम छ। उहाँ दिउँसो २ बजे नारायणी अस्पताल पुग्ने, त्यहाँ निरीक्षणपछि महानगर र सरोकारवालासँग छलफल गर्ने तय भएको छ।

स्वास्थ्य मन्त्रालय र विभागको उच्चस्तरीय टोली भने हिजोदेखि नै वीरगंजमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि नजिकैबाट अनुगमन गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...