बिरगंज कपडा बैंकको ७ औं स्थापना दिवसमा दिप प्रज्ज्वलन

Date:

पर्सा पोस्ट, भदौ ७ गते, बिरगंज । बिरगंज कपडा बैंकले आफ्नो ७ औं स्थापना दिवसको अवसरमा शनिबार साँझ दिप प्रज्ज्वलन गरी बधाई तथा शुभकामना आदान–प्रदान गरेको छ। वीरगन्ज–८ स्थित कार्यालयमा सम्पन्न कार्यक्रममा संस्थाको ६ वर्षे यात्रा पूरा गर्दै ७ औं वर्षमा प्रवेश गरिएको घोषणा गरिएको हो।

कार्यक्रमको अध्यक्षता कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नलाल गुप्ता रहेका थिए। कार्यक्रममा समाजसेवी डा. शिव कुमार, सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्य निला कुमारी राम, सन्जय मण्डल, पत्रकार निरन्जन मिश्र, विशाल ठाकुर, धनिलाल प्रसाद, दिलिप चौरसिया लगायतको उपस्थिती रहेको सचिव कन्हैया पटेलले जानकारी दिए।

सो अवसरमा प्रमुख अतिथि गुप्ताले “तपाईंसँग धेरै छ भने दिनुस्, जरुरी छ भने लिनुस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले स्थापना कालदेखि नै विपन्न तथा असहायलाई निःशुल्क सहयोग गर्दै आएको स्मरण गरे। उनले बाढी, आगलागी जस्ता विपत्तिमा संस्थाले कपडासहित खाद्यान्न र नगद सहयोग पुर्‍याउँदै आएको प्रशंसा गर्दै समाजसेवामै मानवताको सर्वोत्तम धर्म रहेको उल्लेख गरे।

त्यस्तै समाजसेवी डा. शिव कुमारले पनि बैंकले गरेको सेवा कार्यको खुलेर प्रशंसा गर्दै दिनदुखी असहायलाई सहयोग गर्न सबैलाई आह्वान गरे।

कार्यक्रममा अध्यक्ष सिंहले मानवताप्रेमी सहयोगी, दाता, शुभेच्छुक, सल्लाहकार तथा पदाधिकारी सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ सहयोग जारी राख्न आग्रह गरे।

सचिव पटेल र सदस्य रामले कपडा बैंक स्थापनाको प्रारम्भिक यात्रालाई सम्झँदै संस्थाको अभियानमा साथ दिने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...