बिरगंज महानगरले मठ- मन्दिर , मस्जिद र गुम्बा संरक्षणका लागि विशेष समिति गठन

Date:

पर्सा पोस्ट, भदौ ०५ गते, वीरगंज। वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण र व्यवस्थापनलाई संस्थागत बनाउन विशेष सम्पदा व्यवस्थापन समिति गठन गरेको छ।

महानगरले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित सम्पदा व्यवस्थापन सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।
अब महानगरका ३२ वटै वडामा रहेका सम्पूर्ण धार्मिक सम्पदाको अभिलेख संकलन गरी सूचिकृत गर्ने तयारी भइरहेको छ। प्रत्येक वडा कार्यालयमार्फत तथ्यांक संकलन शुरु गरिएको छ।

गठित समितिको संयोजकमा महानगर प्रमुख राजेशमान सिंह रहेका छन् भने उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा अध्यक्ष जगत साह कानु, प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्यका रूपमा रहेका छन्। शाखा अधिकृत सुशीला देवकोटालाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ। समितिका सदस्यहरूलाई एक औपचारिक समारोहबीच पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदान गरिएको हो।

महानगर प्रमुख सिंहले सम्पदाहरूलाई अनिवार्य रूपमा सूचिकृत गरी व्यवस्थित तथा पारदर्शी ढंगले सञ्चालन गरिने जानकारी दिए। उहाँले कतिपय धार्मिक स्थलहरू व्यक्तिगत स्वार्थअनुसार मनपरी सञ्चालन हुँदै आएको भन्दै अब
भक्तजनको दान–चन्दा दुरुपयोग हुन नदिने प्रावधान लागू गरिने बताए।

“हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो। भक्तजनले गरेको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवर्द्धनमै खर्च हुने वातावरण बनाउनुपर्छ,” सिंहले भने। समितिले प्रत्येक वडामा रहेका सम्पदाको लगत संकलन गरी सार्वजनिक गर्ने र त्यसका आधारमा दीर्घकालीन संरक्षण तथा व्यवस्थापनका कार्यक्रम अघि बढाउने जनाएको छ। यसले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको दीगो संरक्षणसँगै वीरगंजको पहिचान सुरक्षित हुने महानगरको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...