बार एसोसिएसन र पत्रकार महासंघ बीचको जग्गा बिवाद आपसी सहमतिमा टुंगियो

Date:

पर्सा पोस्ट , साउन ०४ गते , जनकपुरधाम। लामो समयदेखि चल्दै आएको नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीचको जग्गा विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ।

मंगलबार दुवै संस्थाले गठन गरेको उच्चस्तरीय वार्ता समितिको पहलमा भएको मिलापत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार, जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको जग्गा दुवै संस्थाले बाँडफाँट गरी उपयोग गर्ने भएका छन्। यसअनुसार, केही भाग नेपाल बार एसोसिएसनले पार्किङका लागि प्रयोग गर्नेछ भने बाँकी भागमा पत्रकार महासंघले बहुउद्देश्यीय भवन निर्माण गर्नेछ।

मिलापत्रमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन्। विवादका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै दुवै पक्षले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

सहमतिको भागस्वरूप, कार्यसमिति सदस्यहरूले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आलोचनात्मक सामग्री पोस्ट नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दुई दिनभित्र एकअर्काविरुद्ध दर्ता भएका कानुनी कारबाही फिर्ता लिने वा निष्क्रिय बनाउने समझदारी पनि भएको छ।

यो ऐतिहासिक सहमतिले दुई जिम्मेवार पेशागत संस्थाबीच नयाँ अध्यायको सुरुवात गरेको भन्दै दुवै पक्षले भविष्यमा पेशागत मर्यादा, सामाजिक न्याय र लोकतन्त्र सुदृढीकरणका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वार्ता प्रक्रियामा नेपाल बार एसोसिएसन तर्फबाट केन्द्रीय सचिव अधिवक्ता बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ताहरू चन्द्र कुमार शर्मा मैनाली र श्याम कुमार मिश्र सहभागी थिए। त्यस्तै, नेपाल पत्रकार महासंघतर्फबाट केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेश कुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेका थिए।

यो मिलापत्रले पेशागत संस्थाबीचको विवादलाई संवादमार्फत समाधान गर्न सकिन्छ भन्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...