प्रतिक दैनिकको ३९ औं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न ,

Date:

पर्सा पोस्ट, भदौ १ गते, वीरगञ्ज। वीरगञ्जबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिक ले आइतबार आफ्नो ३९ औं वार्षिकोत्सव भव्य समारोहका साथ सम्पन्न गरेको छ। वीरगञ्ज–१५ स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा आयोजित कार्यक्रममा संचारकर्मी, कर्मचारी तथा विभिन्न विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह थिए भने विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्र, मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य लगायतको उपस्थिति रहेको थियो। सो अवसरमा प्रतिक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माले अध्यक्षता गर्नुभएको थियो।

३८ वर्ष पूरा गरी ३९ औं वर्ष प्रवेशको अवसरमा प्रतिक दैनिक ले विभिन्न व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको थियो।
• सुबोध स्मृति पुरस्कार : अन्नपूर्ण पोस्टका संचारकर्मी क्रान्ति शाहलाई रु. ५१,००० सहित सम्मानपत्र , नेपाल पत्रकार महासंघ वीरगञ्जका अध्यक्ष ओम प्रकाश खनाललाई रु. १५,००० सहित सम्मानपत्र ,  आन्नत लालदासलाई नगदसहित सम्मानपत्र , सुर्यानारायण बिकलाई रु. १५,००० सहित सम्मानपत्र
र १ जना ग्रामीण संवाददाता समेतलाई पुरस्कार प्रदान
कार्यक्रममा वक्ताहरूले प्रतिक दैनिकले लामो समयदेखि सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्दै आएको उल्लेख गर्दै प्रशंसा गरे। साथै, आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

समारोहमा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, राष्ट्रिय समाचार समितिका हिमाल लम्साललगायत विभिन्न सञ्चारकर्मीहरूको पनि उल्लेख्य उपस्थिति थियो।

अन्त्यमा प्रतिक दैनिक का प्रधान सम्पादक जगदीशप्रसाद शर्माले पाठक, विज्ञापनदाता, सञ्चारकर्मी र कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ गुणस्तरीय र पाठक–मैत्री सामग्री प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...