श्रीकृष्ण जन्माष्टमीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा झाँकी प्रदर्शन तथा प्रवचन कार्यक्रम भब्य रुपमा सम्पन्न

Date:

पर्सा पोस्ट, साउन ३१ गते, बिरगंज। श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ओम शान्ति भवन, छपकैयामा भव्य सत्युगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता बिरगंजकी क्षेत्रीय सञ्चालिका एवं बालब्रह्मचारिणी तपस्विनी रबिना दिदीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक रहनु भएको थियो ।   सो कार्यक्रममा  विभिन्न क्षेत्रका सम्माननीय व्यक्तिहरूको समेत उपस्थिति उल्लेखनीय रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिहरूमा  बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, सामुदायिक सेवा केन्द्र  छपकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराई, रुङ्टा वेलफेयर सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुङ्टा, नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाकी उपाध्यक्ष मधु राणा, माउन्ट आबुबाट आउनु  भएका अशोक भाईजी, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, युवा नेता ओमप्रकाश सरार्फ, डा. अशोक दास, डा. उदय नारायण सिंह, सञ्चारकर्मी अजित भुजेल, अभिलाष गुप्ता, प्रह्लाद चौरसिया, जाकिर हुसैन लगायतको विशेष उपस्थिति रहेको थियो।

कृष्ण र राधा बनेर  बालबालिकाले प्रस्तुत गरेका आकर्षक झाँकीले कार्यक्रममा उत्साह थपेको थियो । साथै, विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य तथा सांस्कृतिक कार्यक्रमहरूले वातावरणलाई उल्लासमय बनाएका थिए।

कार्यक्रम सन्चालन ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका गोमा दिदीले र धन्यवाद ज्ञापन गोबर्धन भाईजीले गर्नु भएको थियो।

प्रवचनको क्रममा गोकुल भाईजीले भगवान श्रीकृष्णका आदर्श जीवनचर्या र उपदेशहरूबारे प्रकाश पार्दै भने “आज हामी सबैले श्रीकृष्णजस्तो सत्यनिष्ठ, कर्मयोगी र आदर्श जीवन जिउनु आवश्यक छ।”

कार्यक्रमले श्रीकृष्ण जन्माष्टमीलाई धार्मिक श्रद्धा, भक्ति र सांस्कृतिक रंगमञ्चमा परिणत गरेको उपस्थित अतिथि तथा भक्तजनहरूले बताएका थिए। उनीहरूले यसलाई प्रेरणादायी, आध्यात्मिक र समाजमा सकारात्मक ऊर्जा भर्ने कार्यक्रमका रूपमा मूल्याङ्कन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...