पर्सा पोस्ट, साउन ३१ गते, बिरगंज ।बिरगंज महानगरपालिका–२४ रामगढ़वा निवासी विजय पटेल, फिल्म क्षेत्रमा ‘विजय टाइसेन’ नामले परिचित, करिब १५ वर्षको लामो संघर्षपछि सफल अभिनेता बनेका छन्।
प्रारम्भिक करियरमा फाइटरको भूमिकाबाट यात्रा सुरु गरेका टाइसेन अहिले नेपाली र भोजपुरी दुवै फिल्ममा छुट्टै पहिचान बनाउन सफल भएका छन्। उनले ‘मिशन चाइना’, ‘वन म्यान आर्मी’, ‘जय शम्भु’, ‘माही’, ‘हिरोगिरी’, ‘जान कहे बनगइलु’, ‘टिम ४’ र ‘जब प्यार किया तो डरना क्या’ लगायतका चर्चित चलचित्रमा दमदार अभिनय गरिसकेका छन्।
अभिनयसँगै उनी ‘एक्सन मुभिज प्रोडक्सन’का सञ्चालक समेत हुन्। २०७१/७२ सालतिर आफ्नै अभिनय कक्षा सञ्चालन गरेका टाइसेनले दक्षिण भारतीय, भोजपुरी र नेपाली कलाकारहरूसँग काम गर्ने अवसर पाएका थिए।
बीचमा व्यक्तिगत कारणले केही समय फिल्म क्षेत्रबाट टाढा रहेका उनले हाल पुनः निरन्तर सक्रिय रहने लक्ष्य राखेका छन्। नयाँ फिल्मका लागि शारीरिक तयारीमा रहेका उनी वीरगन्जवासीका लागि गर्वको विषय बनेका छन्।
स्थानिय समुदायले विजय टाइसेनलाई गर्वका साथ ‘वीरगन्जको शान’ को रूपमा लिने गरेका छन्।