पर्सा पोस्ट, साउन ३० गते, बिरगंज। मानवसेवा आश्रम बिरगंज शाखाले २०८२ साउन ३० गते शुक्रबार राति वारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२, वन कार्यालय अगाडिबाट मानसिक अवस्था कमजोर भएका एक पुरुषलाई उद्धार गरेको छ।
राती करिब ९:३० बजे उद्धार गरिएको उक्त अन्दाजी ४० वर्षीय पुरुषले आफ्नो नाम र ठेगाना प्रष्ट बताउन सकेका छैनन्। उनलाई आश्रममा लगेपछि सरसफाइ र नुहाइ–धुहाइ गरी डा. भरत गोईज्यूको निगरानीमा आवश्यक औषधि उपचार गरिने आश्रमले जनाएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास साथै स्थानीय व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।