मानसिक अवस्था कमजोर पुरुषलाई मानवसेवा आश्रमले उद्धार गर्यो

Date:

पर्सा पोस्ट, साउन ३० गते, बिरगंज। मानवसेवा आश्रम बिरगंज शाखाले २०८२ साउन ३० गते शुक्रबार राति वारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२, वन कार्यालय अगाडिबाट मानसिक अवस्था कमजोर भएका एक पुरुषलाई उद्धार गरेको छ।

राती करिब ९:३० बजे उद्धार गरिएको उक्त अन्दाजी ४० वर्षीय पुरुषले आफ्नो नाम र ठेगाना प्रष्ट बताउन सकेका छैनन्। उनलाई आश्रममा लगेपछि सरसफाइ र नुहाइ–धुहाइ गरी डा. भरत गोईज्यूको निगरानीमा आवश्यक औषधि उपचार गरिने आश्रमले जनाएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास साथै स्थानीय व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...