नेपाल रेडक्रस सोसाइटीद्वारा दलित परिवारलाई बाल्टिन बितरण

Date:

पर्सा पोस्ट , साउन २९ गते , बिरगंज । खानेपानीको अभाव झेलिरहेका वीरगंज महानगरपालिका वडा नं. १५ का १६ दलित परिवारलाई पानी सुरक्षित रूपमा संकलन र भण्डारण गर्न सहयोग पु-याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले आज बाल्टिन वितरण गरेको छ।

वितरण कार्यक्रम पर्सा शाखाका मन्त्री विनोद गिरि, कोषाध्यक्ष दयाशंकर सिंह, नि. कार्यालय प्रमुख वीर शम्सेर प्रसाद कुर्मी, स्वयंसेवक राजु साह, अरविन्द पटेल र सन्तोष पटेलको उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा सहभागीहरूले स्वच्छ खानेपानीको महत्त्वबारे पनि जानकारी गराउँदै स्वास्थ्य र सरसफाइमा ध्यान दिन अनुरोध गरे।

स्थानीय बस्तीका बासिन्दाले रेडक्रसको यो सहयोगलाई स्वागत गर्दै यसले आफ्नो दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका प्रतिनिधिहरूका अनुसार, आगामी दिनमा पनि खानेपानी, सरसफाइ र स्वास्थ्य सम्बन्धी विभिन्न सहयोग तथा जनचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...