सशस्त्र प्रहरी बल न. १३ गण पर्सामा आत्मरक्षा तालिम सुरु

Date:

पर्सा पोस्ट, साउन २८ गते, बिरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा बिरगंज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा आजदेखि “SELF-DEFENCE/UAC अनुशिक्षण तालिम” औपचारिक रूपमा सुरु गरिएको छ।

तालिमको उद्घाटन गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा बिहान १० बजे एक विशेष समारोहबीच सम्पन्न भयो। कार्यक्रममा गणका अधिकृत, जुनियर अधिकृत, बिल्लादार/जवान, बिरगंज तेक्वान्डो डोजाङ्गका प्रशिक्षकहरू तथा विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति थियो।

उक्त तालिममा प्रमुख प्रशिक्षक तथा 4th Dan Black Belt एशियन प्लेयर महमद वेश, 2th Dan Black Belt प्रथम बर्णवाल, 2th Dan Black Belt इमरान शेख, रोशन पटेल, सुजित यादव, राजन गुप्ता, हिमानी गुप्ता, नेहा झा र सन्तोष कुमार रौनियारसहित ९ जना प्रशिक्षकको सहभागिता रहेको छ। साथै एभिन्यूज टेलिभिजन शाखा कार्यालय बिरगंजका सञ्चारकर्मी ग्यासु मिया देवान र नियमित अनलाइन खबर बिरगंजकी समाचार प्रमुख सुस्मिता यादव पनि सहभागी थिए।

तालिमको उद्देश्य, सञ्चालन र कार्ययोजनाबारे सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लले प्रस्तुतिकरण गर्दै आत्मरक्षाको परिचय, सिद्धान्त, चेतावनी संकेत, व्यवहारिक अभ्यास, सुरक्षा उपाय, शारीरिक तथा मनोवैज्ञानिक आत्मरक्षा, लैङ्गिक हिंसा र दुर्व्यवहारबाट बच्ने उपाय, कानुनी सहायता प्रणाली, सामूहिक कार्य अभ्यास, डेमो प्रदर्शन तथा शारीरिक व्यायामजस्ता विषयहरू समेटिएको जानकारी दिए।

३५ जना सशस्त्र प्रहरी कर्मचारी (१० महिला र २५ पुरुष) सहभागी रहेको उक्त तालिम १० कार्यदिनसम्म प्रत्येक बिहान ७ बजे देखि ९ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार, तालिमले सशस्त्र प्रहरी कर्मचारीहरूको आत्मरक्षा सीप, शारीरिक तथा मानसिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...