रास्वपा पर्सा १ र २ का क्षेत्रीय सभापति चयन : राम आर्य र फैयाज मिया निर्वाचित

Date:

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा–१ र पर्सा–२ का क्षेत्रीय सभापतिमा क्रमशः राम सुन्दर आर्य र फैयाज मिया निर्वाचित भएका छन्।

बिरगञ्जको गेट्वे होटलमा आज सम्पन्न क्षेत्रीय भेलाले पर्सा–१ को सभापतिमा राम सुन्दर आर्यको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ। उक्त समितिमा उपसभापतिमा पम्फा गिरि र श्याम बाबू गुप्ता, सचिवमा कासिम मिया, सदस्यमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन्।

त्यसैगरी, पर्सा–२ को सभापतिमा फैयाज मियाको नेतृत्वमा गठन भएको समितिमा उपसभापतिमा परितोश द्विबेदी र शान्ति ढकाल, सचिवमा किशन साह, सदस्यमा बिजय कु यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय रहेका छन्।

रास्वपा पर्साका जिल्ला सभापति हरि पन्तका अनुसार अब छिट्टै पर्सा–३ र पर्सा–४ का क्षेत्रीय समिति पनि गठन गरी चारै क्षेत्रलाई पूर्णता दिइनेछ। उनले जिल्लाका शिक्षित तथा बौद्धिक वर्ग रास्वपामा तीव्र गतिमा आकर्षित भइरहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...