नेपाल पत्रकार महासंघ पर्साद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा ओलिलाई ज्ञापनपत्र

Date:

अजित कुमार भुजेल , बिरगंज ।आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्साका सञ्चारकर्मीहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापनपत्रमा राजावादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारलाई कारबाही गर्न ,घाइते पत्रकारहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरुमा भएको तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न तथा त्यसको उचित क्षतिपुर्ति उपलब्ध गराउन माग गरिएको छ ।आँफुहरुको माग सम्बोधन नगरिए पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्लाका सम्पूर्ण पत्रकारहरु आन्दोलनमा उत्रिने चेतावनी समेत पत्रकार महासंघ पर्साले दिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भने तपाईहरुको माग म सम्बन्धित माथिल्लो निकायमा पुरर्याउँछु । स्थानीय प्रशासन सहित सरकार पत्रकारहरुको साथमा छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसिया, कोषाध्यक्ष सन्जिव मिश्र , सदस्य अजित भुजेल , आरोहण साह , प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह , कृयाशिल युवा पत्रकार संघ पर्साका अध्यक्ष प्रणय साह , उपाध्यक्ष आनन्द पटेल , तुलसी भण्डारी एवं विभिन्न मिडियाबाट आएका संचारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको  थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...