८ किलो २५२ ग्राम लागू औंषध अफिम सहित २ जना पक्राउ

Date:

अजित  कुमार भुजेल , बिरगंज । ८ किलो २५२ ग्राम लागू औषध अफिम जस्तो पदार्थ सहित २ जना पुरूषलाई  सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी इकाई पथलैया, बाराबाट खटिएको सशस्त्र प्रहरी बल टोलीले शुक्रबार दिउँसो अन्दाजी ३:०० बजे बारा जिल्ला जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित बा. प्र -०१-०२९ च ५४१४ नम्बरको कारलाई रोकी चेक जाँच गर्दा  लुकाई छिपाई लगी रहेको लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय, बारामा बुझाएको छ  ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उप-महानगपालिका वडा नं. १२ बस्ने वर्ष ४४ को मिलन भोलान र सोहि स्थान बस्ने वर्ष ४७ को गोपाल प्रसाद गौतम रहेको र उनीहरुले लागू औषध अफिमलाई प्लास्टिकले बेरेर ८ प्याकेट बनाएर लुकाई छिपाई लैजादै गर्दा पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...