अजित कुमार भुजेल , बिरगंज । धम्की दिई फिरौती माग गर्ने एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ।
बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नं. ०५ घुसुकपुर बस्ने प्रेमलाल पाण्डेयको छोरा वर्ष ३० को डा. बिकेश कुमार पाण्डेय लाई मिति २०८१/१२/०२ गते देखी अज्ञात व्यक्तिले पटक पटक फोन गरी धम्क्याउने तथा ऐ.प्लस हस्पिटलमा बम राखिएको छ र फिरौती रु.२०,००,०००/- (बिस लाख) नगद मागेको भनि जिल्ला प्रहरी कार्यालय बारामा जानकारी गराए पश्चात अनुसन्धान गर्दै जाँदा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेको बारा जिल्ला कलैया उप-महानगपालिका वडा नं. ०५ घुसुकपुरमा बस्ने भृगुनाथ मिश्रको छोरा वर्ष ४८ को मदन मिश्रलाई बारा प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ ।
मिश्रलाई सीमावर्ती विहार राज्य मोतिहारी प्रहरीको सहयोगमा जिल्ला बारा, कलैया उप-महानगरपालिका वडा नं. १० शिवपुर चिउटाहाबाट मिति २०८१ चैत्र १५ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिजयराज पन्डितले जानकारी दिनुभयो ।