बिरगंजबाट हेटौंडा तर्फ जादै गरेको यात्रुवाहक ईभि गाडीबाट लागू औंषध सहित २ जना पक्राउ

Date:

अजित कुमार भुजेल ,  बिरगंज । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ग १ ज ८२०२ नं. को यात्रुवाहक EV गाडीमा सवार भई आएका देश भारत बिहार राज्य सितामढि जिल्ला घोडासान घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०२ संगमचोक डेरा गरी बस्ने वर्ष ४२ को रामजी बानिया रहेका थिए।

अर्को जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०४ बस्ने वर्ष ६४ को सन्तोष दासलाई शंका लागी गाडीबाट ओराली रितपुर्वक खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध ओनरेक्स १०० एम.एल.को १२ बोतल फेला परेको थियोे।

उक्त लागू औषध सहित निजहरु रामजी बानिया र सन्तोष दासलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौडाले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...