अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका , नेपाल विद्युत् प्राधिकरण बिरगंज तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सँयुक्त आयोजनामा बिरगंज महानगरपालिका वडा नं १० आदर्शनगर एरियामा पर्ने आदर्शनगर चौक देखि घडिअर्वा पोखरी सम्म, पशुपती घोष देखि दक्षिणमा आदर्श स्कूल सम्म, तेल मिल देख स्वीमिङ पुल सम्म तथा ग्रीनसिटी पूरानो कपडा बैंक देखि ठाकुरराम बहुमुखी क्याम्पससम्म गर्मीयाममा आगलागीबाट बाँच्नको लागि तथा बिजुलीको पोलमा टासिएर रहेका बिरुवाहरूको हाँगालाई कटान गरी तथा नगर एरियालाई सौन्दर्यकरण गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।
सो कार्यक्रम जय प्रकाश खेतानको अध्यक्षतामा भएको थियो ।