बिरगंज समाज सेवाद्वारा ४४ औं सप्ताह अन्तर्गत नारायणी अस्पतालमा निसुल्क भोजन बितरण

Date:

अजित कुमार भुजेल ,बिरगंज । बिरगंज समाज सेवाको आयोजनामा ४४ औं हप्ता निशुल्क खाना बितरण कार्यक्रम नारायणी अस्पतालमा
सम्पन्न भएको छ ।

प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको हो। बिहानको १० बजे देखि सुद्ध सफा र पोसिलो युक्त खाना खुवाउने गरिन्छ।

आजको निशुल्क भोजन शिविरको प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकार गणेश अर्यालको आतिथ्यमा एवम् विशिष्ट अतिथीमा सहायक प्रमुख जिल्ला अधिकारि,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,सामुदायिक प्रहरी कुम्हालटाेलका सचिव श्रवण बहादुर रायमाझी,नारायणी अस्पतालका प्रशासन प्रमुख डा. उदय नारायण सिंह,संचारकर्मी अभिलाष गुप्ता,निराजन साह,राज सरार्फ लगायतकाको उपस्थिति रहेको थियोे।

आजको शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल ,भात ,पनिर , आलु मिक्स तरकारी , अचार रहेको थियोे । ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनुभयो। मानाव सेवा नै सब भन्दा ठुलो सेवा हो त्यसैले सेवा गर्न चाहनेहरुले हामीसंग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।

बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताका भनाई अनुसार हामी यो कार्यलाई निरंतरता दिदै आएका छौं । यो पुण्यको कार्य हो, यस्तो कार्यमा सबै जनालाई मनले सहयोग गर्न आग्रह समेत गेरेका थिए ।उहाले भन्नू भो आज हामी साथीभाइ मिलेर यस्तो पुण्यको कार्य गर्न पाउँदा धेरै खुसी भएको छु।

बिरगंज समाज सेवाका सचिब प्रकाश बाहेतीका भनाई अनुसार गरिब,निमुखा,बिरामी,कुरुवा,असहायहरुलाई खाना खुवाउन पाउँदा मन देखी अत्यन्तै खुसीको अनुभूति महसुस हुँदै छ। अब आउने दिनमा पनि म संगजे जति सहयोग हुन्छ म गर्ने छु। वहाले थप्नु भो की यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह समेत गर्नु भएको थियोे ।

आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ ,सदस्यहरु मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा ,वकिल प्रसाद रौनियार , राजेश अग्रवाल , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , निसान्त लाठ,देवव्रत आर्या,राम बाबू, राधेश्याम गुप्ता , समाजसेवी राजेन्द्र भट्टराई एवम् सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...