११५ औं अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा घरदैलो तथा चेतनामुलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा तथा माईती नेपाल बिरगंजको सहकार्यमा घरदैलो तथा चेतनामुलक पर्चा पम्पलेट बितरण गरि कार्यक्रम सम्पन्न गरेको थियो ।

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा माईती नेपाल बिरगंजका गोमा पौडेलले प्रमुख आतिथ्य सामुदायिक सेवा केन्द्र परिसरबाट निस्केर छ्पकैयाका विभिन्न ठाउँ , टोलमा पुगि महिला विभेद अन्त्य गर्न , महिला माथी हुने हिंसा र विभेद गर्नेलाई सामाजिक बहिस्कार , महिला बालबालिकालाई शिक्षा , स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनु पर्ने भन्दै घरदैलो पुगि  महिलालाई सचेत गराउन चेतनामुलक पर्चा पम्पलेट बितरण गरि सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ का सहसचिव मदन प्रसाद गुप्ता , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य अजित भुजेल , अरुण कुमार गोयल , मोमिला खातुन , माइती नेपाल बिरगंज शाखाकी मनिषा गौतम , फुलमाया तामाङ , शिव कुमार परियार , सामुदायिक सेवा केन्द्र छ्पकैयाका प्रहरी सहायक निरीक्षक कृष्ण सिंह ठकुरी , प्रहरी हवल्दार शिवशन्कर पन्डित लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...