दि चिल्ड्रेन गार्डेन स्कुलको ६ औं बार्षिकोत्सव विभिन्न सास्कृतिक कार्यक्रम गरि मनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कुम्हालटाेल स्थित दि चिल्ड्रेन गार्डेन स्कूलको ६ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

दि चिल्ड्रेन गार्डेन स्कूलले विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै बिरगंजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सर्बबितै छ। कार्यक्रममा कक्षा एल.केजि. देखि कक्षा दुई सम्मका स-साना बालबालिका एवम् विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सृजनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । त्यस्तै, वर्षभरि सञ्चालन भएका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको बारेमा पनि जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको आतिथ्यमा एवं दि चिल्ड्रेन गाडेन स्कुलका प्रधानाध्यापक रोशनी श्रीवास्तवको अध्यक्षता सम्पन्न भएको थियोे। उक्त वार्षिकोत्सब समारोहमा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव ,पवन दिप कौर लगायतका विशिष्ट ब्यक्ती एवं अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यस्तै, स्कूलकी प्रधानाध्यापक रोशनी श्रीवास्तवले आफ्नो मन्तव्यमा विद्यालयको लामो यात्रा र उपलब्धिहरूबारे प्रकाश पारिन् । उनले बिगत ५ वर्षको अवधिमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहयोगले दि चिल्ड्रेन गार्डेन स्कूलले यो उचाइ हासिल गरेको बताइन् ।

उनले भनिन आगामी दिनमा अझ प्रभावकारी शैक्षिक योजना र कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकि थिईन।विद्यार्थीहरूको मेहनत र समर्पणको प्रशंसा समेत गरेकि थिईन। दि चिल्ड्रेन गार्डेन स्कूलले आगामी वर्षहरूमा पनि यस्तै रचनात्मक र शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकि छिन।

प्रमुख अतिथि चौधरीको भनाई अनुसार दि चिल्ड्रेन गार्डेन स्कूलले शिक्षाको क्षेत्रमा वर्षदेखि पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे । उनले विद्यार्थीहरूको सिर्जनशीलता र आत्मविश्वास देखेर आफू प्रभावित भएको बताउँदै यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...