ग्लोबल बिजनेस कलेजद्वारा रक्तदान कार्यक्रमको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । “मानवताको सेवा नै, जीवनको सर्वोत्तम कार्य हो ।” “स्वस्थ रहौं, समृद्ध बनौं ।” भन्ने उदेश्यका साथ ग्लोबल बिजनेस कलेज बिरगंज श्रीपुर द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रम बिरगंज महानगरपालिका श्रीपुर वडा नम्बर ११ स्थित कलेजको हलमा सम्पन्न भएको हो।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी हाल निर्वाचित भएका नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको आतिथ्यमा सम्पन्न भएको छ।भने विशिष्ट अतिथिमा बिरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई,करन यादव,दिपु बर्णबाल,नेपाल रेडक्रस सोसाइटी रेसमकोठिका युवा संयोजक अभिलाष गुप्ताको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा २२ महिला सहित १०६ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा हिमानी गुप्ता रौनियार,अमृता सराफ,विश्वजित चामारिया,अभिजित गुप्ता,सुमित ठाकुर,विष्णु साह कानु,बिक्की कुशवाहा,क्षितिज अधिकारी,अप्सना कुमारी यादव,सावित्री मंडल,आशिष गुप्ता,महेश साह,अभय गुप्ता,राहुल गुप्ता,निरज साह,आशिष रौनियार ,सन्दीप शाहओम प्रकाश शाह,सोनि साह लगाएतकाले आफ्नो अमुल्य रक्तदान गरेका थिए।

ग्लोबल बिजनेस कलेज बिरगंज श्रीपुरका प्रीन्सिपल राम दासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलेजका संचालक अशोक सराफ,ओम श्रेष्ठ,निभा देबि दासको पनि उपस्थिति रहेको थियोे।

प्राबिधिक सहयोगमा रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे,राजन श्रीवासतव,जितेन्द्र कुश्वाहा लागाएतकाहरुको सहयोग रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...