अजित कुमार भुजेल , बिरगंज । प्याब्सन बिरगंज महानगर समितिको आयोजना भएको प्याब्सन बिरगंज यु-१२ ईन्टर स्कुल नकाउट क्रिक्रेट टुर्नामेन्ट -२०८१ अन्तर्गत बुधबार भएको गर्ल्सको पहिलो खेलमा मुनलाईट स्कुल र न्यु वेभ स्कुल बीच भएको खेलमा मुनलाईट स्कुल ४ बिकेटले बिजयी भएको छ ।
मुनलाइट स्कुलले टस जिति बलिङ्ग रोजेका थिए भने न्यु वेभ स्कुलले पहिलो ब्याडिङ्ग गर्दै ८ ओभरको खेलमा ३ बिकेटको क्षतिमा ३४ रन बनाएका थिए भने मुनलाईट स्कुलले ८ ओभरमा ६ बिकेट गुमाएर ३५ रन जोडदै बिजयी भएका थिए।
सो खेलको म्यान अफ द म्याच मुनलाईट स्कुलकि रोशनी पान्डे घोषित भएकि थिईन ।
त्यसैगरि दोस्रो खेल ब्वाईजको जीवन ज्योति र चिल्ड्रेन वर्ड स्कुल बीच भएको खेलमा जीवन ज्योति स्कुल ६७ रनले बिजयी भएको छ ।
जीवन ज्योति स्कुलले टस जिति पहिलो ब्याटिङ्ग रोजेका थिए । जीवन ज्योति स्कुलले १० ओभरमा ५ विकेटको क्षतिमा १३४ रन बनाएका थिए ।१३५ रनको लक्ष्य रहेको चिल्ड्रेन वर्डले ८ ओभरमा आफ्नो। सम्पुर्ण विकेट गुमाएर ६७ रन मै सिमित हुन पुगे ।
यस खेलमा जीवन ज्योति स्कुलका गौतम प्रजापति म्यान अफ दि म्याच घोषित भएका थिए ।
त्यस्रो खेल गल्सको ज्ञानदा स्कुल र अलपाईन स्कुल बीच भएको खेलमा अलपाईन स्कुल ६ विकेटले बिजयी भएको छ । ज्ञानदा स्कुलले पहिलो ब्याडिङ्ग गर्दै ८ ओभरमा ५ बिकेट गुमाएर ५१ रन जोडेका थिए भने ५२ रनको लक्ष्य लिएका अलपाईन स्कुलले ६ बिकेटले आफ्नो लक्ष्य पूरा गरि बिजयी भएको छ ।
सो खेलमा अलपाईन स्कुलकि कृपा कार्की म्यान अफ दि म्याच घोषित भएकि थिईन । प्याब्सन बिरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले बताए ।