प्याब्सन बिरगंज यू-१२ ईन्टर स्कुल नकाउट क्रिक्रेट टुर्नामेन्टको बुधबार भएको खेलमा मुनलाईट , जिवन ज्योति र अलपाईन स्कुल बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । प्याब्सन बिरगंज महानगर समितिको आयोजना भएको प्याब्सन बिरगंज यु-१२ ईन्टर स्कुल नकाउट क्रिक्रेट  टुर्नामेन्ट -२०८१ अन्तर्गत बुधबार भएको गर्ल्सको पहिलो खेलमा मुनलाईट स्कुल  र न्यु वेभ स्कुल बीच भएको खेलमा मुनलाईट स्कुल ४ बिकेटले  बिजयी भएको छ ।

मुनलाइट स्कुलले टस जिति बलिङ्ग रोजेका थिए भने न्यु वेभ स्कुलले पहिलो ब्याडिङ्ग गर्दै ८ ओभरको खेलमा ३ बिकेटको क्षतिमा ३४ रन बनाएका थिए भने मुनलाईट स्कुलले ८ ओभरमा ६ बिकेट गुमाएर ३५  रन जोडदै बिजयी भएका थिए।

सो खेलको म्यान अफ द म्याच मुनलाईट स्कुलकि  रोशनी पान्डे  घोषित भएकि थिईन ।

त्यसैगरि दोस्रो खेल ब्वाईजको जीवन ज्योति र चिल्ड्रेन वर्ड स्कुल बीच भएको खेलमा जीवन ज्योति स्कुल ६७ रनले  बिजयी भएको छ ।

जीवन ज्योति स्कुलले टस जिति पहिलो  ब्याटिङ्ग रोजेका थिए । जीवन ज्योति स्कुलले १० ओभरमा ५ विकेटको क्षतिमा १३४ रन बनाएका थिए ।१३५ रनको लक्ष्य रहेको चिल्ड्रेन वर्डले ८ ओभरमा आफ्नो। सम्पुर्ण विकेट गुमाएर ६७ रन मै सिमित हुन पुगे ।

यस खेलमा जीवन ज्योति स्कुलका गौतम प्रजापति म्यान अफ दि म्याच घोषित भएका थिए ।

त्यस्रो खेल गल्सको ज्ञानदा स्कुल र अलपाईन स्कुल बीच भएको खेलमा अलपाईन स्कुल ६ विकेटले बिजयी भएको छ । ज्ञानदा स्कुलले पहिलो ब्याडिङ्ग गर्दै ८ ओभरमा ५ बिकेट गुमाएर ५१ रन जोडेका थिए भने ५२ रनको लक्ष्य लिएका अलपाईन स्कुलले ६ बिकेटले आफ्नो लक्ष्य पूरा गरि बिजयी भएको छ ।

सो खेलमा अलपाईन स्कुलकि कृपा कार्की म्यान अफ दि म्याच घोषित भएकि थिईन । प्याब्सन बिरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...