प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा ज्ञानज्योति , ब्लु हेभेन , पब्लिक स्कुल , डिएभि र ठोरि एकेडेमी बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । प्याब्सन पर्साले आयोजना गरेको प्याब्सन राज होजियारि जुनियर फुटबल नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेल माउण्ड एडमन्ड र ज्ञान ज्योति स्कुल बीच भएको खेलमा ज्ञान ज्योति २-० ले बिजयी भएको छ । खेलको म्यान अफ दि म्याच माउण्ड एडमण्डका प्रज्वल मुखिया घोषित भएका थिए ।

आजै भएको दोस्रो खेल धोबिनी गापाको ब्लु हेभेन र विद्यासागर स्कुल बीच भएको खेलमा ब्लु हेभेनले १-० ले बिजयी भएको छ भने खेलको म्यान अफ दि म्याच ब्लु हेभेनका अमित कुमार पटेल घोषित भएका थिए ।

तेस्रो खेल हिमालय पिरामिड नआएपछी बिरगंज पब्लिक स्कुल वाक ओभर पाउदै बिजयी भए ।

चौथो खेलमा डिएभि स्कुल बिजयी भएका थिए ।अल्पाईन स्कुललाई २-० ले पराजित गर्दै डिएभि स्कुल बिजयी भएको हो  खेलको म्यान अफ दि म्याच डिएभि स्कुलका युवराज पटेल घोषित भए ।

आजै भएको पाचौं खेलमा गोल्डेन फ्युचरलाई १०-०को फराकिलो अन्तरले पराजित गर्दै ठोरी एकेडेमी बिजयी भएका थिए । सो खेलका म्यान अफ दि म्याच ठोरी एकेडेमीका युवेश राई घोषित भएका थिए ।

म्यान अफ दि म्याच घोषित सबैलाई जनही नगद ५०० का दरले सम्मानित गरिएको फुटबल सन्योजक प्रबीण चौधरीले जानकारि  दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...