अजित कुमार भुजेल , बिरगंज । नवौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगितको दोस्रो दिन मंगलवार भएको पहिलो खेलमा ज्ञानदा एकेडेमी र बिरगंज स्कुल बीच भएको खेलमा ज्ञानदा एकेडेमी बिजयी भएको छ ।
नारायणी रंगशाला स्थित टीबी शाह क्रिकेट मैदानमा आज मंगलवार ज्ञानदा एकेडेमी र बिरगंज स्कुल बीच भएको खेलमा ज्ञानदा एकेडेमी ७३ रनले विजयी भएको हो ।
१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै ज्ञानदा एकेडेमीले ५ विकेट गुमाउदै १४९ रन जोडेका थिए । १५० रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको बिरगंज स्कुल १० विकेटको क्षतिमा ७६ रनमै सिमित रहे ।
उद्घाटन खेलको म्यान अफ द म्याच प्रियन्स सरार्फ घोषित भएका थिए , प्रियन्सलाई नगद एक हजार रुपैया नगद र मायाको चिनो समेत प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पुरस्कृत गरेका थिए ।
त्यसैगरि नकआउट जुनियर फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलवार पहिलो खेल एमईएस स्कुल र आदर्श स्कुल बीच भएको खेलमा एमिइएस स्कुल बिजयी भएको छ । एमईएस स्कुलले १-० ले आदर्श स्कुललाई पराजित गरेका थिए ।
यस खेलमा आदर्श स्कुलका सर्वेश माझी प्लेयर अफ दि म्याच घोषित भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा पछाडिको प्रदेश विपद व्यावस्थापन गुल्मको खेल मैदानमा फुटबल खेल जारी रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले बताए