प्याब्सनको दोस्रो दिनको पहिलो खेल क्रिक्रेटमा ज्ञानदा एकेडेमी र फुटबलमा एमईएस स्कुल बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । नवौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगितको दोस्रो दिन मंगलवार भएको पहिलो खेलमा ज्ञानदा  एकेडेमी र बिरगंज स्कुल बीच भएको खेलमा ज्ञानदा एकेडेमी बिजयी भएको छ ।

नारायणी रंगशाला स्थित टीबी शाह  क्रिकेट मैदानमा आज मंगलवार ज्ञानदा एकेडेमी  र बिरगंज स्कुल बीच भएको खेलमा ज्ञानदा एकेडेमी ७३ रनले विजयी भएको हो ।
१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै  ज्ञानदा एकेडेमीले ५ विकेट गुमाउदै १४९ रन जोडेका थिए । १५० रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको बिरगंज स्कुल १०  विकेटको क्षतिमा ७६ रनमै सिमित रहे ।

उद्घाटन खेलको म्यान अफ द म्याच प्रियन्स सरार्फ  घोषित भएका थिए , प्रियन्सलाई नगद एक हजार रुपैया नगद र मायाको चिनो समेत प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पुरस्कृत गरेका थिए ।

त्यसैगरि नकआउट जुनियर फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलवार पहिलो खेल एमईएस स्कुल र आदर्श स्कुल बीच भएको खेलमा एमिइएस स्कुल  बिजयी भएको छ । एमईएस स्कुलले १-० ले आदर्श स्कुललाई पराजित गरेका थिए ।

यस खेलमा आदर्श स्कुलका सर्वेश माझी प्लेयर अफ दि म्याच घोषित भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा पछाडिको प्रदेश विपद व्यावस्थापन गुल्मको खेल मैदानमा फुटबल खेल जारी रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...