श्री त्रिभुवन हनुमान माबिको व्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया पुन दोस्रो पटक सर्वसम्मतबाट चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । श्री त्रिभुवन हनुमान माध्यमिक बिधालयको ब्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया दोस्रो कार्यकालको लागि सर्वसम्मतबाट निर्वाचित भएका छन ।

बिरगंज महानगर पालिका वडा न.६ मा रहेको बिधालयमा शुक्रबार भएको अभिभावक भेलाले केडियाको अध्यक्षतामा सदस्यहरु प्रभादेवी मेस्तर ,सुनिता देवि पण्डित,दिपक चौरसिया,रन्जित ठाकुर,अन्नु कुमारी लगायत ६ सदस्यीय समिती चयन गरेको बिधालयका वरिष्ठ शिक्षक निरंजन सिंहले जानकारी दिनुभयो ।

बिरगंज महानगर शैक्षिक प्रशासन महाशाखाका प्रतिनिधि राजिव गिरिको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडा सदस्य पवन शर्मा , त्रीजुद्ध महाबिर प्रसाद रघुबिर राम बिधालयका प्रधानाध्यापक नवीन मिश्रा , बिधालयका प्रधानाध्यापक कविता फुयाल लगायत बिधालयका शिक्षक, अभिभावक, बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष केडियाले बिधालयमा गरिएको सुधार बिकासको कार्यको लागि सम्पुर्णले हामी माथी पुन विश्वास एवं माया गरि थप जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद दिदै आगामी दिनहरुमा बिधालयको चौतर्फी बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...