श्री त्रिभुवन हनुमान माबिको व्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया पुन दोस्रो पटक सर्वसम्मतबाट चयन

Date:

अजित कुमार भुजेल , बिरगंज । श्री त्रिभुवन हनुमान माध्यमिक बिधालयको ब्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया दोस्रो कार्यकालको लागि सर्वसम्मतबाट  निर्वाचित भएका छन ।

बिरगंज महानगर पालिका वडा न.६ मा रहेको बिधालयमा शुक्रबार भएको अभिभावक भेलाले केडियाको अध्यक्षतामा सदस्यहरु प्रभादेवी मेस्तर ,सुनिता देवि पण्डित,दिपक चौरसिया,रन्जित ठाकुर,अन्नु कुमारी लगायत ६ सदस्यीय समिती चयन गरेको बिधालयका वरिष्ठ शिक्षक निरंजन सिंहले जानकारी दिनुभयो ।  

बिरगंज महानगर शैक्षिक प्रशासन महाशाखाका प्रतिनिधि राजिव गिरिको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडा सदस्य पवन शर्मा ,  त्रीजुद्ध महाबिर प्रसाद रघुबिर राम  बिधालयका प्रधानाध्यापक नवीन मिश्रा , बिधालयका प्रधानाध्यापक कविता फुयाल लगायत बिधालयका शिक्षक, अभिभावक, बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष केडियाले बिधालयमा गरिएको सुधार बिकासको कार्यको लागि सम्पुर्णले हामी माथी पुन विश्वास एवं माया गरि थप जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद दिदै आगामी दिनहरुमा बिधालयको चौतर्फी बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...