अजित कुमार भुजेल ,बिरगंज ।।पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान अन्तर्गत आज निशुल्क आखा शिबिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
छिपहरमाई गाउँपालिकाको सहयोग तथा श्री उध्मसिलता सृजना तालिम तथा परामर्श केन्द्रको आयोजनामा निशुल्क आखा शिबिर वडा नं. २ टिहुकीमा रहेकोमा बर्थिंग सेन्टरमा भएकोको कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले रिबन काटेर उद्घाटन गर्नु भएको थियो।
उद्घाटन समारोहमा बोल्दै गुप्ताले भने नेत्र दान ,जिवन दान नाराका साथै गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान चलाएको हो। सबै भन्दा ठुलो कसै लाई नेत्रदान स्वरुप निशुल्क अाँखा को अप्रेसन गराउदा मलाई अतिनै काम लागेको र यो भन्दा ठुलो काम केहि देखिएन । आखा भएकोको बेला छोरा छोरीहरुले बुबाआमाहरुको हेरचार गरिरहेका छैन्नन, आखा नभएपछी कसैले हेर्दैन , त्यसै कारण सो को मध्यनजर गर्दै निशुल्क आखा शिबिरको आयोजना गरिएको हो ।
यस शिबिरमा आएर चेकजाँच गराई मोतियाबिन्दु रोगीहरुलाई निशुल्क सल्यक्रिया अप्रेसन गराउन आग्रह समेत गरे । यस्ता आखाको निशुल्क शिबिर आगामी दिनहरुमा पनी राख्ने गापा अध्यक्ष गुप्ताले बताए ।
निशुल्क आखा शिबिरमा वडा नं ३ का वडाअध्यक्ष दिपेन्द्र सिंहले भने , यो आखा शिबिर निशुल्क शिबिर होईन , यसमा गाउँपालिकाले लगानी गरेकोले सबै सेवाग्रहीहरुले लाभ लिने बताए ।
कार्यक्रम वडा नं २ का वडाअध्यक्ष महेन्द्र साह कलवारको अध्यक्ष्तामा भएको कार्यक्रममा वडाअध्यक्ष कामेश्वर यादव, मौजीलाल साह कानु, टिहुकीका पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , गाउँपालिका प्रसाशन प्रमुख सत्रुधन यादव,किरण आखा अस्पताल बिरगंजका चन्दन सहनी,सशस्त्र प्रहरी निरिक्षक कृष्णा गिरी, बासुदेव साह,शिक्षक सुरेश साह,मनोज पटेल लगायतहरुको सहभागिता रहेको थियोे ।
निशुल आखा शिबिरमा ३ सय १५ जनाको आखा चेकजाँच भएको थियो भने १ सय पाँच जनामा मोतियाबिन्दु रोगी फेला परेको छ। मोतियाबिन्दु रोगी हरुलाई बसमा लगेर किरण आँखा अस्पताल बिरगंजमा लगी निशुल्क सल्यक्रिया अप्रेसन गराउने आयोजकले जनाएका छन। शिबिरको आयोजना र व्यवस्थापनले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको महत्व र जनचेतनाको आवश्यकता झल्काएको छ। यो प्रयासले धेरैलाई उपचारका लागि सही दिशा देखाएको छ र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए । निशुल्क आखा शिबिर २४ गते वडा नं १ मिर्जापुर स्वास्थ्य चौकी र जयमंगलापुर स्वास्थ्य चौकी चेकजाँच हुने र २५ गते तुल्सीबर्वा स्वास्थ्य चौकी र भिस्वा चौकीमा चेकजाँच हुने ब्यवस्थापन गरिएको आयोजकले जनाएका छन।