पर्सा जिल्लाका प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा बिरगंजका सन्चारकर्मिहरु सङ्ग भेटघाट तथा परिचात्मक कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा बिरगंजका संचारकर्मीहरुसंग भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्रले पर्साका पत्रकार भेटघाटको क्रममा आफू इमन्दार भएर काम गर्ने प्रतिबद्धता जनाएका छन।

उनले भने राम्रो गर्नेलाई पुरस्कृत र बदमासी गर्नेलाई दण्ड दिने बताउनु भएको हो। म रहुन्जेल सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरी संगको सहकार्यमा जनमानस , वडा , स्थानीय गाउँपालिका स्थर सम्म पुर्याउने बिश्वास ब्यक्त गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्सामा नया सरुवा भैइ आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्रले पर्सेली पत्रकार भेटघाटको क्रममा आफ्नो भनाइ राख्दै भने अठार वर्ष अगाडि इन्स्पेक्टर बनेर बिरगंजमा गरेको काम सम्झिँदै पर्सा प्रहरीका नयाँ प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले भने, “पर्सामा आउन सक्ने प्रत्येक चुनौतीको सामना गर्दै शान्ति सुरक्षा स्थापना गर्छु”

मेरो कार्यकाल रहुन्जेल म विशेष गरि ग्रामीण भेगका जनताहरुमा बाल बिवाह , बहु बिवाह,लैङ्गिगक हिंसा,महिला  हिंसाका चपेटामा परेकाहरु,घरेलु हिंसाका केसहरु, घरेलु मदिरा उत्पादन,गाजा उत्पादन बिक्री बितरण आदिहरुलाई कसरी ई सबलाई कन्ट्रोल गर्ने इ सब हाम्रा चुनौतीका विषयहरु छन।

पर्सा जिल्ला एक औधोगिक नगरी एवम् आर्थिक नगरी हो।यहाँ आर्थिक क्राईम र सामाजिक क्राईम धेरै हुने गरेको छ इ सब कुरालाई चिर्दै आगाडि बढने प्रतिबद्धता जाहिर गरेका थिए। उक्त परिचात्मक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका पर्साका प्रबक्ता किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं एवम् बिरगंजका विभिन्न मिडियाबाट सन्चारकार्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...