पर्सा प्रहरीले स्रोत खुलाउन नसकेको ६ लाख रुपैया सहित एक भारतीय युवक पक्राउ

Date:

अजित कुमार भुजेल ,बिरगंज।बिरगंजको आदर्शनगरबाट प्रहरीले श्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँ सहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले भारत बिहारको रक्सौल वडा नम्बर १४ का २७ वर्षिय ओमकुमार रौयिारलाई नियन्त्रणमा लिएको हो । बिरगंजको आदर्शनगरबाट रौनियारलाई श्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रक्सौलबाट बिरगंज आएका रौनियार सवार बीआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकल आदर्शनगरमा प्रहरीले रोकेर चेकजाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको प्लाष्टिकको बोराबाट नेपाली ५ सय दरका १ हजार २ सय थान नोट बरामद भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

बरामद रकमको रौनियारले स्रोत खुलाउन नसकेपछि बरामद रकम र मोटरसाइकल सहित उनलाई नियनत्रणमा लिएर उनि विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान कार्य भईरहेको लम्सालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच , विश्वास र मानवीय गुणले जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०९ गते , रक्सौल, पूर्वी...

प्रयास र सकारात्मक सोचले मानव सिमाहरु पार गर्न सकिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०८ गते , रक्सौल, पूर्वी...

भन्सार सेवालाई पारदर्शी , प्रविधिमैत्री र सेवामुखी बनाउन सरोकारवालाको जोड

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत जाँच...