एन. आई. कप २०८१ ट्वान्टि -ट्वान्टि क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बिजनेस कलेजले चुम्यो

Date:

अजित कुमार भुजेल , बिरगंज। नेशनल इन्फोटेक कलेजद्वारा बिरगंजमा आयोजित चौथो संस्करणको नेशनल इन्फोटेक एनआइ कप – २०८१ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा ग्लोबल बिजनेस कलेजले जित हासिल गरेको छ।

विजेता टोलीलाई बिरगंज  महानगरपालिकाका प्रमुख राजेश मान सिंहले ट्रफी हस्तान्तरण गरेका छन् । एनआइ कलेजका संस्थापक निर्देशक मनिष सिंहको सभापतित्वमा भएको समापन कार्यक्रममा पर्सा क्रिकेट संघ लगायतका संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

माघ ५ गतेदेखि सुरु भएको प्लस टू स्तरीय प्रतियोगितामा बिरगंजका ९ र हेटौँडाका १ गरी कुल १० टोलीले सहभागिता जनाएका थिए ।विशेष गरी अन्तिम पाँच ओभरमा बलरहरूले विपक्षी टोलीलाई रन बनाउन सीमित राखे ।

प्रतियोगिताको फाइनल खेल अत्यन्तै रोमाञ्चक रह्यो, जहाँ बलरहरूले खेलको दिशा परिवर्तन गरे । ग्लोबल बिजनेस कलेजको जितमा बलिङ विभाग निर्णायक बन्यो, जसले अन्तिम ओभरसम्म विपक्षी टोलीलाई दबाबमा राख्न सफल भयो । ज्ञानदा एकेडेमीका खेलाडीहरूबिच आवश्यक साझेदारी बन्न नसक्दा जित सम्भव भएन । खेलको प्रमुख आकर्षण आदर्श भण्डारीको उत्कृष्ट इनिङ्स रह्यो, जसको धैर्यपूर्ण ब्याटिङले टिमलाई जितको आधार तयार गरिदियो ।

ज्ञानदा एकेडेमीका ब्याटरहरूले संयम अपनाउँदै साझेदारी कायम गर्न सक्ने थिए भने खेलको नतिजा फरक हुन सक्थ्यो । तर, नियमित अन्तरालमा विकेट गुमाउँदा दबाब बढ्दै गयो र अन्ततः जित हातबाट गुम्यो । अर्कोतर्फ, ग्लोबल बिजनेस कलेजले बलिङ विभागमा उत्कृष्ट रणनीति अपनाएर विपक्षी टोलीलाई लक्ष्यसम्म पुग्न नदिने खेल कौशल देखायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...