क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्र , प्रदेश र जिल्लाका पदाधिकारी एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान गर्यो

Date:

अजित कुमार भुजेल , बिरगंज । क्रियाशिल युवा पत्रकार मञ्च नेपाल बिरगन्जले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

आज बिरगंजको होटेल  त्रिशलामा एक कार्यक्रमको आयोजना गर्दै मञ्चले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको थियो । मञ्चले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षता भएको सो कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बिश्वबिधालयबाट बिद्यावारिधि गर्नु भएका प्रथम महिला डा. मन्जु श्रेष्ठ , बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक केसि लामिछाने , उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुबोध गुप्ता , नेपाल चिकित्सक महासंघका केन्द्रिय उपाध्यक्ष डा. निरज सिंह , प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल , बिरगंज  उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम , कुबेर चन्द्र गौतम  लगायतले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई सम्मानित गरेका थिए ।

नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई टिका , गम्छा , रुद्राक्षको माला लगाई  कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको मञ्चका अध्यक्ष प्रणय साहले जानकारी दिनुभयो ।

स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष आनन्द पटेलले र कार्यक्रमको सहजीकरण सचिब बिरेन्द्र साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...