अजित कुमार भुजेल , बिरगंज । सामाजिक सेवाको क्षेत्रमा सेवारत युनाइटेड नेपाल फाउन्डेसन बिरगंजले मंगलबार बिरगंज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ ।
बिरगंज कपडा बैंकको कार्यालय बिरगंज वडा न. ८ मा पुगेर फाउन्डेसनका अध्यक्ष आकाश दास,सचिव पीयूष अग्रवाल र कार्यक्रम संयोजक कुनाल श्रीवास्तवले ३ बोरा र २ झोला कपडा सहयोग बैंकका अध्यक्ष लालबाबु सिंहलाइ हस्तान्तरण गर्नुभयो । सो अवसरमा बिरगंज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा फाउन्डेसनका अध्यक्ष दासले वीरगन्ज कपडा बैंकले विगत लामो समय देखि बिपन्न दुखी असहायहरु को साथै आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव सुकार्यले आफूहरु निकै खुशी भएको बताउदै अहिले चिसोको समयमा बिपन्न असहायहरुले नया गर्म र न्यानो सुकिलो कपडा किन्न नसकनेहरुलाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लिएर आएका छौ , साथै आगामी दिनमा साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो अवसरमा बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लिएर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै विगतमा फाउन्डेसनले विभिन्न समय स्थानहरुमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएको र अहिले पनि दिनदुखी असहायको लागि कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा पनि फाउन्डेसनको साथ सहयोग जारी रहनेमा आशावादि रहेको र जाडो बढिरहेकोले न्यानो कम्बल, शाल, ज्याकेट, स्वेटर,इन्नर , टोपी,पाईन्ट सर्ट लगायतका न्यानो कपडाहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरुलाई आग्रह समेत गरेका छन