अजित कुमार भुजेल , बिरगंज । बारा जिल्ला बिश्रामपुर गाउपालिका वडा न.५ ईटियाहिमा हुने श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटिहोम महायज्ञमा बारा जिल्लाका बिभिन्न पालिकाका प्रमुखले निरिक्षण गरेका छन्।
कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह
जितपुर उपमहानगरपालिक प्रमुख राजन पौडेल , बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल परवानीपुर गाउँ पालिका अध्यक्ष रामछत्री पटेलको उपस्थिति रहेको थियो।
फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी लगायत बिभिन्न पालिका प्रमुाख ले महायज्ञ स्थल निरीक्षण गरेका थिए। बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टो (जुबेर भाई ) का अध्यक्षतामा भएको निरिक्षण कार्यक्रममा पालिका प्रमुखहरुले महायज्ञ खर्चिलो भएकोले आआफ्ना क्षमता अनुसार आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।
लोसपा मधेश प्रदेश कमिटिका सदस्य कृष्णा साहले पनि महायज्ञ स्थल को निरिक्षण तथा महायज्ञमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।