अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साको बैठक आइतबार सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा बसेर आगामी दिनहरुमा मानवसेवा आश्रममा खाना खुवाउने ,
सम्मान गर्ने, रक्तदान कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गर्ने विभिन्न निर्णयहरु गरेको छ ।
सो बैठकमा उपाध्यक्ष युवराज खडका , सचिव लाल बाबु सिंह, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय,सल्लाहकारद्वय प्राध्यानाध्यापकद्वय प्रभु रौनियार,जय कुमार दनुवार, सदस्यहरू शान्ति माली,नवराज भट्टराई, श्रवण रायमाझी,नेहा मिश्रा,अभिलास गुप्ता,पवन श्रेष्ठ ,सुभास भट्टराईको उपस्थिती रहेको थियो।
बैठकले विभिन्न समसामयिक बिषयहरु माथी छलफल गरि शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको स्मृति दिवस यहि माघ ४ गते को दिन मानवसेवा आश्रम वीरगन्जमा आश्रित आमाबुवाहरुलाई बिहानको खाना खुवाएर सेवा गर्दै स्मृति दिवस मनाउने क्रममा सोहि स्थानमा नेपाल पत्रकार महासंघ पर्सामा निर्वचित सस्थाका सल्लाहकार ओमप्रकाश खनाल अध्यक्षमा र सहसचिव अजित भुजेल सदस्यमा निर्वाचित हुनुभएकोमा दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको सचिव सिंहले बताए ।
साथै वीरगन्ज आसपासको क्षेत्रमा उपचाररत बिरामिहरुको लागि रगत अभाव भएकोले आउदो माघ महिना भित्र खुल्ला रक्तदान कार्यक्रम गर्ने र वीरगन्ज महानगरको ग्रामीण भेगका बासिहरुको स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने निर्णय पनि गरिएको सिंहले बताए ।
सो अवसरमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार उपाध्यायले शैक्षिक सहिद मुकुन्द प्रसाद खनालले आफ्नो कर्मभुमी वीरगन्ज आई ठाकुरराम क्याम्पसमा अध्यापन गराउदै असंख्य बिद्यार्थीहरु लाई शिक्षाको ज्योती फैलाउदै समाजिक सेवाको दिप प्रज्जवलित गर्दै गर्दा असमयमै हामिबाट टाढा जानू भएकोले उहाले सोचेका र बाकी रहेका सपनाहरु चाहे त्यो शिक्षा क्षेत्रको साथै स्वास्थ्य लगायत समाजिक सेवाको गुणस्तरीय सेवा सहयोग प्रदान गर्ने प्रतिष्ठानले जमर्को गरेको र विभिन्न समयमा दिन दुखी असहायको सेवा सहयोगमा सेवारत रहेको र आगामी दिनमा पनि सबैको साथ सहयोगमा अझ बढी सेवा जारी रहने बताउदै सम्पुर्णलाई हातेमालो गर्न हार्दिक आग्रह गर्नु भएको छ ।
सो अवसरमा अध्यक्ष खनालले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिदै भविष्यमा थप प्रभावकारी सामाजिक कार्यहरू गर्दै प्रतिष्ठानलाई सकृय रूपमा अगाडि बढाउने प्रतिवद्धता गर्नु भयो।