अजित कुमार भुजेल , बिरगंज । कोठाको विषयलाई लिएर बिरगंज महानगर भित्र बिबाद सुरु भएको छ ।
बिबाद हुनुको मुख्य कारण प्रमुख प्रशासकिय अधिकृत बस्ने पहिलेको कोठा रहेको छ । नया सरुवा भएर आउनु भएको प्रमुख प्रशासकिय अधिकृत पहिले बस्दै आउनु भएको मेयर बस्ने कोठामा सरेपछि उहाको कोठामा पञ्जिकरण शाखा राख्ने मेयरको एकलैटी निर्णय भएपछी त्यसमा उपमेयर ले आफ्नो स्वकीय सचिवालयको प्रयोग गर्ने भन्ने अडान लिई पछि त्यसलाई खाली गर्नजादा मेयर पक्ष र उपमेयर पक्षका बीच बिवाद हुँदै जादा बिवाद साम्य पार्न प्रहरी टोलि महानगर पुगेको थियो ।
मेयर दोस्रो तल्लाबाट सरेर तेस्रो तल्लामा गएपछि पुरानो प्रशासकिय अधिकृत बस्ने कोठामा पञ्जिकरण शाखा नराखी स्वकीय सचिवालय वा शिक्षा शाखा प्रमुखको अफिस राख्ने भन्दै उपमेयरले अडान लिएपछि मेयर समुह र उपमेयर समुह बीच बिवाद बढेर हातहालाहाल समेत भएको थियो ।
त्यसको केही बेरपछि बिवादलाई कसरी समाधान गर्नेबारे दुई पक्ष छलफल हुँदै गर्दा कुरा नमिले पछि उपमेयरका स्वकिय सचिब शेस हजरा माथी तल्लाबाट फर्कने क्रममा प्रहरीले घोक्राएर निकाल्दै लाठी चार्ज गरि टाउकोमा गम्भीर चोट पुर्याएको हुदा बिना कारण प्रहरीले मेयरको सपोर्टमा शेस हजरा माथी लाठी चार्ज गरेपछि फेरि प्रहरी विरुद्ध नाराबाजी हुदा दुबै पक्ष बीच भनाभन हुदा स्थिति तनावग्रस्त भएको थियो ।
किस्सा कुर्सी का !