अजित कुमार भुजेल , बिरगंज । राप्रपा पर्सा जिल्ला कमिटीद्वारा ३०३औ पृथ्वी जन्मजयंती मनाइएको छ। आज एक कार्यक्रम आयोजना गरी मनाईएको हो।
राप्रपा पर्साका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अथितिमा राप्रपाका राष्ट्रीय सल्लाहकार परिषदका सदस्य रामबहादुर थापा , अथितिमा प्रदेश कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मी, जिल्ला उपाध्यक्ष तथा प्रवक्ता मनोज कुमार मिश्र, प्रदेश सदस्य भारत भूषण पाण्डे, जिल्ला सचिव पन्नालाल पटेल ,महिला उपाध्यक्ष निरा झा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण अथितिहरु ले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अथिति राष्ट्रीय सल्लाहकार परिषदका सदस्य रामबहादुर थापाले आफनो शुभकामना मन्तव्य राख्दै राष्ट्रीयमा अहिले एकतामा अनेकता बढ़ेको हुदा घेरै किसीमको संकट खड़ा भएको बताए। उनके भने राष्ट्रीयलाई बलियों बनाउन हामीले अहिले पृथ्वी नारायण साहको उपदेश अनुसार चल्न आवश्यक रहेको बताए।