अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको ३० औं उपशाखा सभाको अधिवेशन शनिबार सम्पन्न भएको छ।
कार्यक्रम उपशाखाका सभापति श्रीनारायण यादवको सभापतित्वमा तथा बिरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने बिशिस्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका कोषाध्यक्ष तथा निर्वाचन अधिकृत महन्त यादव,मन्त्री साबिर अहमद ,बिरगंज वडा नम्बर ६ वडा अध्यक्ष जय प्रकाश शाह,अर्बिन्द सिंह,समाजसेवी प्रकाश उपाध्याय ,नरेन्द्र साह,हुकुम सिंह,जुलुम सिंह लगायतकाहरुको उपस्थिति रहेको थियोे।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको ३० औं उपशाखा सभाको अधिवेशनबाट सभापतिमा जितेन्द्र आस्वानी,महिला उपसभापति सरिता यादव,सचिव लालबाबू सिंह,कोषाध्यक्ष नवनित अग्रवाल,स-कोषाअध्यक्ष श्रवण रायमाझी,स-सचिव अभिलाष कुमार गुप्ता,महिला सदस्य मुना खनाल लगायतकाहरु नयाँ कार्यसमिति निर्बिरोध चयन भएको छ।
सुभकामना मन्तव्य रेशमकोठि उपशाखाका डा. जितेन्द्र आस्वानिले र कार्यक्रम संचालन सचीव लालबाबू सिंहले गरेका थिए।