नेकपा एमाले वडा न.५ कमिटीको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा१४१जनाले पार्टी प्रवेश गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । नेकपा एमाले वडा नम्बर ५ कमिटिद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा १४१ जनाले पार्टी प्रवेश गरेका थिए। 

सो कार्यक्रम नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको आतिथ्यमा सम्पन्न भएको थियोे। सो कार्यक्रममा पुर्व वडा अध्यक्ष प्रदिप सिंह ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

त्यसैगरि विशिष्ट अतिथि एमाले पर्साका जिल्ला सचीव महेश दास,अतिथीमा नेकपा एमाले जिल्ला समिती सचिवालय सदस्य तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, नेकपा एमालेका मान्देव हजरा,सुन्दर प्रसाद कुर्मी,मनोज साह ,सन्जु दहाल,मन्जु परियार,रुस्तम अल्लि,मनोज साह,लक्ष्मी न्योपाने लगायोजना तकाहरुको पनि उपस्थिति रहेको थियो।

शनिबार बिरगंजको कुम्हालटाेलमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका पर्सा जिल्ला अध्यक्ष डा.बिशम्भर शर्माले २०८४ मा एमालेका एकलौटी सरकार बनाउने दाबी गरे उनले भने बिगतका दिनमा मधेसी दलहरुले देश सग गददारी गरे उनिहरुले मुलुकको हित भन्दा पनि दक्षिण पट्टिको हित लाई प्राथमिकतामा राखिनु भयो र रास्ट्रयले लकडाउनको सामना गर्नु पर्यो।

जनताको लागि सिटामोल रोकियो र बस्तुको आयात समेत रोकियो तर एमालेका पार्टीले घुडा न टेकि, कुनै सम्झौता नगरी नाका बन्दी खुलाएको थियोे।अन्य पार्टीका कार्यकर्तालाई एमालेमा प्रवेश गर्न आह्वान गरेका छन् ।शर्माले मधेसका सामाजिक र आर्थिक समस्याहरू समाधान गर्ने जिम्मेवारी एमालेले मात्र लिन सक्ने दाबी गरेका थिए ।मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका बताएका थिए।

शर्माले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताएका थिए।।अन्तमा नवप्रबेसीलाई शुभकामना दिदै अन्य वडाका साथीहरु लाई पनि एमाले पार्टीमा प्रवेश गर्न आग्रह समेत गरेका थिए।

सो कार्यक्रममा नेपाली काङ्ग्रेसबाट पार्टी परित्याग गरि सन्तोष  खनालले,डा.निरज चौधरी, प्रभाकर गुप्ता (झब्बु) लगाएतकाहरुको विशेष उपस्थितिमा पार्टी प्रवेश गरेका थिए।

सो कार्यक्रममा वडा वासीहरुको उल्लेखनीय उपस्थिति एवम् सर्वसाधारण मानिस तथा विभिन्न मिडिया बाट संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले महानगर कमिटि सदस्य मनोज साहले गरेका थिए भने कार्यक्रम सन्चालन निशान्त लामिछानेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...