गरिमा बिकास बैंकद्वारा बिरगंजमा बित्तिय साक्षरता कार्यक्रमको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । गरिमा विकास बैंक लिमिटेडले घण्टाघर नजिकै रहेको ब्राइट +2 कलेज, विज्ञान र व्यवस्थापन, वीरगंजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्‍यो।

यस कार्यक्रमले विद्यार्थीहरूलाई आधारभूत बैंकिङ ज्ञान, बचतको महत्त्व र डिजिटल ठगीबाट जोगिने उपायबारे जानकारी गराउने उद्देश्य राखेको थियो।

कार्यक्रम कलेजका निर्देशक मनोज गुप्ताको अध्यक्षतामा र गोविन्द प्रसाद गुप्ताको संयोजनमा सम्पन्न भएको थियो। बैंकको बीरगंज शाखाका प्रबन्धक श्री राजीव कुमार झाको नेतृत्वमा लक्षण कुमार रौनियार, चन्दन साह, राजेश कुमार राउत, गुढिया गुप्ता, श्रवण कुमार साह, रुबियाना मलिक र प्रवीण प्रसाद साह सहितको टोलीले कार्यक्रमलाई सफल बनाएका थिए।

कार्यक्रममा बैंक खाता खोल्ने प्रक्रिया, वित्तीय व्यवस्थापन र बचतको बानीको महत्त्वबारे जानकारी प्रदान गरियो। साथै डिजिटल ठगीको बढ्दो खतराबारे विद्यार्थीहरूलाई चेतना दिलाउँदै अनलाइन ठगी कसरी चिन्ने र त्यस्तो ठगीबाट कसरी सुरक्षित रहने भन्ने व्यावहारिक सुझावहरू दिइयो।

कार्यक्रमका अध्यक्ष मनोज गुप्ताले गरिमा विकास बैंकको यो पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक वित्तीय ज्ञान प्रदान गर्न मद्दत पुर्‍याउने बताए। उनले विद्यार्थीहरूलाई बचतको बानी बसाल्न र डिजिटल ठगीबाट सतर्क रहन प्रेरित गरे।

सत्रमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै प्रश्नहरू सोधेका र छलफलमा सहभागी भएका थिए। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले सिकेको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्ने र परिवार तथा समुदायमा बाँड्ने प्रतिबद्धता व्यक्त गरे।

गरिमा विकास बैंक लिमिटेडको यो प्रयासलाई युवापुस्तामा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। कलेज र बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरूको आयोजना गरी वित्तीय जागरुकता फैलाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...