राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेला सम्पन्न , सभापतिमा पन्त निर्बिरोध निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आज स्थानिय क्लासिक ब्यान्क्वेटको सभाहलमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको हो । भेलाले हरि पन्तलाइ सभापतिमा निर्बिरोध निर्बाचित गर्दै आठ सदस्यीय जिल्ला समिति पनि निर्बिरोध निर्बाचित गरेको छ ।

केन्द्रिय उपसभापति डा.स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला भेलामा निर्बाचित समिती सदस्यलाई उपसभापति वाग्लेले सपथ ग्रहण गराउदै शुभकामना समेत दिएका थिए । उक्त भेलाले उपसभापतिमा तुल्सा पौडेल, सचीवमा सुदिश प्रजापति ,सहसचिवमा कृष्ण पासवान, सदस्यहरुमा दिलिप कुर्मी ,पुर्ण सापकोटा ,सुरेश यादब र प्रियन्का पटेल लाई समेत निर्बिरोध चुनेको हो । सभापति पन्त यस अघि जेष्ठमा रास्वपा मधेस प्रदेशद्वारा पर्साको जिल्ला संयोजक चुनिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...