बिरगंज वडा न.६ स्थित महाबिर मन्दिर नजिक भन्डारण गरेको ३० लाख भन्दा बढीको अबैध कपडा बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगपालिका वडा नम्बर  ६  स्थित महाबिर मन्दिर नजिकबाट ३० लाख रुपैयाँ भन्दा बढीको कपडा बरामद गरिएको छ।

सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र बिरगंज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस, सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेका छन्। आज आइतबार सामानको ३० लाख ४९ हजार सात सय मुल्य कायम गरि आवश्यक कारबाहीको लागि बिरगंज  भन्सार कार्यालयमा बुझाइको छ।

पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डीएसपी रिजालको टोलीले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...