नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा ओमप्रकाश खनाल बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् ।

नयाँ कार्यसमितिका लागि यहि मंसिर २८ गते शुक्रबार भएको निर्वाचनमा खनाल अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जानकारी दिनुभयो ।

त्यसै गरि सचिव पदमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया विजयी भएका हुन ।

कोषाध्यक्ष पदमा सञ्जीवकुमार मिश्र , महिला सदस्य पदमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजित कुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह निर्वाचित भएका छन् । समावेशी सदस्यमा प्रकाशकुमार तिवारी, खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् । पर्सा शाखामा एक सय ६७ मतदाता भए पनि एक सय ६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...