नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा संजय कुमार कार्की निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न नेपाल पत्रकार महासंघ  रौतहटको निर्वाचनको सार्वजनिक भएको मत परिणाम अनुसार १५ मत ल्याएर कार्की निर्वाचित भएका हुन् । नेपाल प्रेस युनियनका उम्मेदवार कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वीहरू उत्तम उपाध्याय र रवीन्द्र प्रसाद साहलाई ३ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रतिद्वन्द्वीहरू उपाध्याय र साहले १२/१२ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मदन ठाकुर (धनञ्जय) ले केवल ६ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा डिल्ली बहादुर कार्की निर्वाचित भएका छन् । उनले १८ मत प्राप्त गरेका छन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका छन् ।

सचिवमा २६ मत ल्याएर गौतम श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले १७ मत ल्याएका छन् । सह-सचिवमा जीतेन्द्र पाल श्रीवास्तव र कोषाध्यक्षमा सञ्जय कुमार सहनी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...