नेपाल पत्रकार महासंघ बाराको अध्यक्षमा रमेश सुबेदि निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ बाराको अध्यक्षमा रमेश सुवेदी निर्वाचित भएका छन् ।

शुक्रवार नेपाल पत्रकार महासंघको देशभर एकैसाथ सम्पन्न निर्वाचनको क्रममा बाराका पत्रकारहरूले पनि नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए। मतगणना पूरा भएपछि समाजवादी प्रेस सङ्गठनका उम्मेदवार सुवेदीले नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष पदमा जित हासिल गरेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार सुवेदीले ७१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी श्याम यादवलाई चार मतको झिनो अन्तरले पराजित गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका साझा उम्मेदवार यादवले ६७ मत प्राप्त गरेका छन् । कूल १३९ मत खसेकोमा अन्य केही मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

अध्यक्ष निर्वाचित सुवेदी समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य समेत हुन् । निर्वाचनपछि सुवेदीले आफ्नो जितलाई पत्रकारहरूको एकता र सहकार्यको संकेतका रूपमा व्याख्या गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उनले भने, “यो जित सबै पत्रकार मित्रहरूको विश्वास र सहयोगको परिणाम हो । आगामी दिनमा पत्रकारिताको गरिमा बढाउन म समर्पित रहनेछु ।” पत्रकार महासंघ  बाराको उपाध्यक्ष सहित अन्य पदाधिकारीहरूको मतगणना पनि जारी रहेको छ ।

पदाधिकारीहरूको नामावली र तिनको मत परिणाम केही समयभित्र सार्वजनिक हुने अपेक्षा गरिएको नवनिर्वाचित अध्यक्ष सुबेदिले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...